कार्यविवरण सम्बन्धमा: गण्डकी प्रदेश सरकार-स्वास्थ्य मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०८२/१०/०५ को निर्णयानुसार प्रदेश जनस्वास्थ्य कार्यालयको कार्यविवरण देहाय बमोजिम स्वीकृत भएको जानकारी गराईन्छ।
१. प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक सेवासँग सम्बन्धित जनस्वास्थ्य कार्यक्रमहरू (स्वास्थ्य शिक्षा, मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य, पोषण, परिवार नियोजन, किशोर स्वास्थ्य, सरुवा तथा नसर्ने रोगहरू, नसर्ने रोग तथा मानसिक रोग, जलवायु परिवर्तनजन्य जोखिम रोगहरूको नियन्त्रण / निवारण / अनुसन्धान, स्वास्थ्य शिविर, जेठ नागरिक स्वास्थ्य लगायत अन्य योजना निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने।
२. स्थानीय तहलाई सहयोग पुग्ने गरी स्वास्थ्य कार्यक्रमहरूको योजना निर्माणमा सहयोग गर्ने तथा स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्ने र स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमहरूको अनुगमन गर्ने।
३. जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू आवश्यक पर्ने औषधि, खोप तथा औषधिजन्य स्वास्थ्य सामग्रीको परिणाम निर्धारण तथा व्यवस्थापन गर्ने (कोल्ड चेन व्यवस्थापन), वितरण तथा स्वास्थ्य सेवा सम्बन्धी व्यवस्थापन गर्ने।
४. सरुवा तथा नसर्ने रोगहरूको नियमित तथा स्क्रिनिङ गरी जोखिमयुक्त व्यक्तिहरूको पहिचान गर्ने।
५. विपद तथा महामारीको अवस्थामा पूर्वतयारी, जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने।
६. एक स्वास्थ्य अवधारणाको आधारमा मानव तथा पशु स्वास्थ्य रोगहरू, किटजन्य एवं जुनोटिक रोगहरूको सम्बन्धित निकायसँग अन्तर तह तथा बहु समन्वय गरी योजना तथा नियन्त्रण गर्ने।
७. स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा नियमित विश्लेषण गरी प्रतिवेदन, विद्युतीय अभिलेख तथा प्रतिवेदन प्रणालीको व्यवस्थापन गर्ने।
८. मन्त्रालय अन्तर्गत जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको सहयोग, अनुगमन, मूल्याङ्कन एवं प्रतिवेदन गर्ने।
९. स्वास्थ्यकर्मीको प्राविधिक क्षमता अभिवृद्धिका लागि नियमित तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने।
१०. सरुवा रोग, महामारी र स्वास्थ्य आपतकालीन अवस्थाहरूको नियन्त्रण तथा नियमन सम्बन्धी कार्य गर्ने।
११. "स्वस्थ नीति" अवधारणाअनुसार स्वास्थ्यका बहुआयामिक सूचकहरूलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहकार्य तथा समन्वय गर्ने।
१२. स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान गरी स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी र स्वास्थ्य योजनाहरू तर्जुमा गर्ने।
१३. प्रदेशस्तरीय स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक नीति, ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड, प्रोटोकल आदि निर्माण, कार्यान्वयन र अनुगमन गर्ने।
१४. आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अनुगमन तथा व्यवस्थापन गर्ने।
१५. मानव तथा सामाजिक विकाससँग सम्बन्धित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूको व्यवस्थापन गर्ने।
१६. औषधि नियन्त्रण, औषधि सेवा तथा जीवनरक्षक औषधिको व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
१७. वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाइ तथा पोषण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
१८. जनस्वास्थ्य व्यवस्थापनसँग सम्बन्धित कार्य गर्ने।
१९. आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक) सम्बन्धी कार्य गर्ने।
२०. प्रदेश सरकारले तोकेको अन्य प्रचलित कानुन बमोजिम तोकिएका अन्य कार्यहरू गर्ने।