परीक्षा कार्यक्रमको मिति पछि प्रकाशन गरिने सम्बन्धी सूचना

पदपूर्ति सम्बन्धी परीक्षा स्थगित गरिएको सूचना

प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट मिति २०८३/०६/२२ मा प्रकाशित गरिएको पदपूर्ति सम्बन्धी सूचनाअनुसार मिति २०८३/०७/१३ गते बिहान ८:०० बजे सञ्चालन हुने भनिएको परीक्षा विशेष कारणवश हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

स्थगित गरिएको परीक्षाको नयाँ मिति पछि प्रकाशन गरिने व्यहोरा समेत जानकारी गराइन्छ।

पदपूर्ति, अन्तर्वार्ता तथा सिफारिस समिति