एम्बुलेन्स सेवा सम्बन्धी अत्यन्त जरुरी सूचना
एम्बुलेन्स सेवा सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकारद्वारा जारी जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा राष्ट्रिय एम्बुलेन्स सेवा निर्देशिका, २०८२ बमोजिम बिरामीलाई सुरक्षित, सहज, गुणस्तरीय तथा सर्वसुलभ एम्बुलेन्स सेवा उपलब्ध गराउनु सम्बन्धित सबै सेवा प्रदायक संस्था, चालक तथा व्यवस्थापन पक्षको दायित्व रहेको व्यहोरा जानकारी गरईन्छ। हाल प्राप्त गुनासो तथा अनुगमनका क्रममा स्वास्थ्य संस्थाको प्रवेशद्वार आसपास अनावश्यक पार्किङ, अस्वस्थ प्रतिस्पर्धा, रेफर गरिएको अस्पताल बाहेक अन्यत्र बिरामी लैजाने तथा स्वीकृत दररेट विपरीत अनावश्यक/अत्यधिक शुल्क असुली गर्ने जस्ता गतिविधिहरू देखिएको हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।
तसर्थ, राष्ट्रिय एम्बुलेन्स सेवा निर्देशिका, २०८२ तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै सेवा सञ्चालन गर्न/गराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। उल्लङ्घन भएको पाइएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
गुनासो वा जानकारीका लागि QR Code स्क्यान गर्नुहोस् वा सम्बन्धित माध्यममार्फत सम्पर्क गर्नुहोस्।