सुरक्षित मातृत्व कार्यक्रमसंग सम्बन्धित औषधिको कोटेसन उपलब्ध गराउने सम्बन्धमा (दोस्रो पटक प्रकाशित)
सुरक्षित मातृत्व कार्यक्रमसंग सम्बन्धित औषधिको कोटेसन उपलब्ध गराउने सम्बन्धमा (दोस्रो पटक प्रकाशित)
प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सुरक्षित मातृत्व कार्यक्रमका लागि आवश्यक औषधि खरिद गर्ने प्रयोजनार्थ इच्छुक तथा योग्य आपूर्तिकर्ता/व्यवसायीहरूबाट सिलबन्दी दरभाउ (Quotation) आह्वान गरेको छ।
यस सम्बन्धमा पहिलो पटक मिति २०८३/०३/०१ मा सूचना प्रकाशन गरिएको तथा कार्यालयको वेबसाइटमा २०८३/०३/०२ मा सूचना प्रकाशित गरिएको थियो। उक्त अवधिमा पर्याप्त कोटेशन प्राप्त नभएकाले सूचना पुनः प्रकाशन गरिएको हो। यसअघि प्राप्त भएका कोटेशनहरूलाई समेत मान्यता दिइनेछ।
इच्छुक फर्म/कम्पनीहरूले कर चुक्ताको प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कालोसूचीमा नपरेको स्वघोषणा पत्र लगायत आवश्यक कागजातहरू संलग्न गरी सिलबन्दी कोटेशन पेश गर्नुपर्नेछ।
सूचना पुनः प्रकाशन मिति: २०८३/०३/०९
कोटेशन पेश गर्ने अन्तिम मिति: सूचना पुनः प्रकाशन भएको मितिबाट ३ दिनभित्र कार्यालय समयभित्र।
थप विवरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पर्क गर्न सकिनेछ।