मौजुदा सूचीमा दर्ता गराउने सम्बन्धी सूचना
मौजुदा सूचीमा दर्ता गराउने सम्बन्धी सूचना
Powered by
riri one
आर्थिक वर्ष २०८३/०८४ मा यस कार्यालयलाई आवश्यक पर्ने मालसामान, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवा आपूर्ति/प्रदान गर्न इच्छुक तथा प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेका आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता तथा सेवा प्रदायकहरूलाई मौजुदा सूचीमा दर्ता तथा अद्यावधिक हुन यो सूचना प्रकाशित गरिएको छ।
इच्छुक फर्म/कम्पनी/संस्था/सेवा प्रदायकहरूले आफूले आपूर्ति वा प्रदान गर्ने कामको विवरण स्पष्ट रूपमा उल्लेख गरी सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को उपनियम (१) सँग सम्बन्धित अनुसूची २क बमोजिमको ढाँचामा आवश्यक कागजातहरू संलग्न गरी यस कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ।