विशेष सतर्कताका लागि अनुरोध: सम्भावित भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै
सम्भावित भारी वर्षा तथा विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्यमा जुट्न अनुरोध
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार, मिति २०८३ कार्तिक १२ गतेदेखि १४ गतेसम्म चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जिल्लाका सम्पूर्ण स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका कार्यहरू गर्न/गराउन अनुरोध गरेको छ।
सम्भावित विपद्को अवस्थामा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन चौबीसै घण्टा सम्पर्कमा रहने आपत्कालीन सम्पर्क व्यक्ति (Emergency Focal Person) तोकी सम्पर्क विवरण सार्वजनिक गर्ने तथा प्रदेश स्वास्थ्य आपत्कालीन सूचना आदानप्रदान केन्द्र (PHEICC) मा उपलब्ध गराउने, उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्सलगायत स्रोतसाधनहरूको विवरण अद्यावधिक गरी तयारी अवस्थामा राख्ने र कुनै घटना वा अवस्था भए/नभएको विवरण दैनिक रूपमा Zero Reporting वा Incident Reporting मार्फत अनिवार्य रूपमा पठाउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण, प्रभावकारी प्रतिकार्य तथा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित र निरन्तर बनाउन सम्बन्धित सबै निकायलाई आवश्यक समन्वय, सूचना आदानप्रदान र उच्च सतर्कता अपनाउन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)हार्दिक अनुरोध गर्दछ।