सुरक्षित मातृत्व कार्यक्रमसंग सम्बन्धित औषधिको कोटेसन उपलब्ध गराउने सम्बन्धमा

सुरक्षित मातृत्व कार्यक्रमसंग सम्बन्धित औषधिको कोटेसन उपलब्ध गराउने सम्बन्धमा

यस कार्यालयको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमका सुरक्षित मातृत्व कार्यक्रमसंग सम्बन्धित औषधिहरू खरिद गर्नुपर्ने भएकाले इजाजतप्राप्त तथा सूचीकृत व्यवसायीहरूबाट सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिन्छ।

कोटेसनसँग अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू: व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, कालोसूचीमा नपरेको स्वघोषणा पत्र, सिलबन्दी कोटेसन फाराम

कोटेसन पेश गर्ने अन्तिम मिति: यस सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र कार्यालय समयभित्र। अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र कोटेसन पेश गर्न सकिनेछ।

महत्वपूर्ण सूचना: ईमेलमार्फत प्राप्त कोटेसनलाई मान्यता दिइने छैन, कोटेसन पेश गर्ने फाराम यस सूचनासाथ संलग्न गरिएको छ, खरिद गरिने औषधिको विवरण तथा परिमाण संलग्न अनुसूची अनुसार हुनेछ।

वेबसाइटमा प्रकाशन मिति : २०८३/०३/०२