पदपूर्ति सम्बन्धी सूचना-सेवा करारमा मेडिकल अधिकृत तथा अ.न.मी. पदमा दरखास्त आह्वान सम्बन्धी सूचना

पदपूर्ति सम्बन्धी सूचना-सेवा करारमा मेडिकल अधिकृत तथा अ.न.मी. पदमा दरखास्त आह्वान सम्बन्धी सूचना

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवा करारमा मेडिकल अधिकृत (आठौं तह) १ जना र अ.न.मी. (चौथो तह) १ जना पदमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। दरखास्त दिने अन्तिम मिति २०८३/०६/१३ गते, कार्यालय समयभित्र रहेको छ। दरखास्त दस्तुर मेडिकल अधिकृतका लागि रु. १,२०० र अ.न.मी.का लागि रु. ५०० तोकिएको छ। दरखास्त प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बुझाउनुपर्नेछ। परीक्षाको मिति पछि प्रकाशन गरिनेछ। पद, आवश्यक न्यूनतम योग्यता, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरणका लागि संलग्न पदपूर्ति सम्बन्धी सूचना (PDF) हेर्नुहुन अनुरोध छ।

दरखास्त फारम: https://drive.google.com/drive/u/3/folders/1-zd1liJaBRfLbBFdfmeo9U1fOQvubEvX

सम्पर्क: ०७८-४०१०८३, ०७८-५४००१८, ९८५७०७९२३६, ९८४७०९५०११

प्रकाशित मिति: २०८३/०५/३० गते