नेपाल सरकारद्वारा जारी जनस्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा निजी स्वास्थ्य संस्था सम्बन्धी प्रचलित ऐन, नियमावली र मापदण्डहरू बमोजिम जिल्लाभित्र सञ्चालन हुने निजी स्वास्थ्य संस्थाहरू (पोलीक्लिनिक, आखाँ उपचार क्लिनिक, डेन्टल क्लिनिक आदि) को दर्ता, नवीकरण तथा नियमन सम्बन्धी कार्य
प्रचलित मापदण्ड अनुसार निजी स्वास्थ्य संस्थाहरूको अनुगमन, अनुगमनका क्रममा संस्थाको इजाजतपत्रको वैधता, स्वीकृत सेवा क्षेत्र, भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा औषधि उपलब्धता, स्वास्थ्य जनशक्तिको संख्या तथा योग्यता, सेवा प्रवाहको गुणस्तर, बिरामीको अधिकार, अभिलेख तथा प्रतिवेदन प्रणाली, सरसफाइ, फोहोर व्यवस्थापन तथा जैविक जोखिम व्यवस्थापन लगायतका पक्षहरूको विस्तृत मूल्यांकन,
निजी स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको गुणस्तर सुनिश्चित गर्न सेवा प्रवाह प्रणाली, संक्रमण रोकथाम तथा नियन्त्रण, बिरामी सुरक्षा, औषधि तथा उपकरणको सुरक्षित प्रयोग, जनशक्ति व्यवस्थापन, अभिलेख तथा प्रतिवेदन प्रणाली तथा राष्ट्रिय/प्रदेशस्तरीय उपचार प्रोटोकलको पालना सम्बन्धमा आवश्यक प्राविधिक सुझाव, परामर्श र निर्देशन प्रदान गर्ने,
इजाजतपत्र नवीकरण, संशोधन तथा खारेजीसम्बन्धी कार्य तथा अनियमितता देखिएमा सुधारात्मक कार्यवाहीका लागि सिफारिस