वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
जिल्लामा गठन भएका सबै जनस्वास्थ्य समन्वय समिति, कार्य समूह र विषयगत समितिहरूको नेतृत्व र समन्वय सुनिश्चित गर्दै नीति, योजना तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा मार्गदर्शन गर्ने
समितिहरूको बैठक आयोजना, कार्यसूची तयार पार्ने, निर्णय कार्यान्वयन अनुगमन गर्ने र आवश्यक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने
स्थानीय सरकार, स्वास्थ्य संस्थाहरू, गैरसरकारी संस्था र अन्य सरोकारवालासँग सहकार्य र समन्वय गरी कार्यक्रमहरूमा स्रोत परिचालन, सेवा वितरण र प्रभावकारिता सुनिश्चित गर्ने
समितिहरूको संचालन क्षमता वृद्धि, प्रशिक्षण, अनुगमन, मूल्याङ्कन र नियमित सुपरिवेक्षण मार्फत निर्णय क्षमता, पारदर्शिता र जवाबदेही सुदृढ गर्ने।