वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
जिल्लाको जनसांख्यिक संरचना, मातृ, नवजात, शिशु तथा बाल स्वास्थ्य, पोषण अवस्था, संक्रामक तथा असंक्रामक रोगहरूको अवस्था, जोखिम समूह र रोग प्रवृत्तिको पहिचान गर्न नियमित रूपमा स्वास्थ्यसम्बन्धी तथ्याङ्क संकलन, विश्लेषण तथा व्याख्या गरी समग्र स्वास्थ्य स्थिति मूल्यांकन गर्ने,
स्वास्थ्य सेवाको भौगोलिक पहुँच, सेवा उपयोग दर, सेवा प्रवाहको गुणस्तर, जनशक्ति तथा पूर्वाधार उपलब्धता, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको अवस्था मूल्यांकन गरी सेवामा रहेको खाडल (gaps) र सुधार गर्नुपर्ने प्राथमिकता क्षेत्र पहिचान गर्न,
जिल्लास्तरीय स्वास्थ्य सूचना प्रणाली (HMIS, DHIS2 लगायत) बाट प्राप्त तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्दै आवधिक स्वास्थ्य स्थिति प्रतिवेदन, विश्लेषणात्मक सारांश तथा प्रस्तुतीकरण तयार गरी नीति, योजना तथा कार्यक्रम निर्माणका लागि प्रमाणमा आधारित आधार उपलब्ध गराउने,
स्वास्थ्य असमानता, सामाजिक तथा आर्थिक निर्धारकहरू, विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य अवस्था तथा सेवामा पहुँचको विश्लेषण गरी लक्षित कार्यक्रम स्रोत परिचालन तथा समन्वयात्मक कार्यक्रम सञ्चालनका लागि सिफारिस प्रदान गर्ने।