• जिल्लामा स्वास्थ्य आपतकालीन तयारीको लागि आपूर्ति, औषधि, स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापन गरी संकटको अवस्थामा द्रुत प्रतिक्रिया सुनिश्चित गर्ने, साथै स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य नीति, निर्देशिका, र राष्ट्रिय आपतकालीन स्वास्थ्य कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गर्ने,
  • महामारी, प्राकृतिक प्रकोप वा अन्य स्वास्थ्य आपतकालीन घटनामा EWARS (Early Warning and Response System) र SORMAS (Surveillance Outbreak Response Management and Analysis System) जस्ता प्रणाली प्रयोग गरी समयमै रोग पहिचान, रिपोर्टिङ र नियन्त्रण कार्यान्वयन गर्ने,

  • समुदायमा स्वास्थ्य जोखिम सम्बन्धी सचेतना, जोखिम सञ्चार, व्यवहार परिवर्तन, र स्थानीय स्वास्थ्य समितिसँग समन्वय मार्फत आपतकालीन तयारी र प्रतिक्रिया क्षमता सुदृढ गर्ने,

  • आपतकालीन स्वास्थ्य कार्यक्रमको अनुगमन, मूल्याङ्कन, प्रशिक्षण र सुधारात्मक कार्यमार्फत सेवा प्रभावकारिता, अनुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने।