त्रिवेणी नाका स्थित स्वास्थ्य सहायता कक्षको संयुक्त अनुगमन

Government of Nepal

मिति २०८२/०४/१६ गतेका दिन गण्डकी प्रदेशको भारतसँगको एकमात्र अन्तराष्ट्रिय नाका विनयी त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी धामको स्वास्थ्य सहायता कक्षको संयुक्त अनुगमन विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालयका श्रीमान् प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रहरी कार्यालय, सशत्र प्रहरी गण र  यस कार्यालयका प्रमुख श्री शैलेन्द्र कुमार सिंहको नेतृत्वमा सम्पन्न भएको थियो । स्वास्थ्य सहायता कक्षको जीर्ण अवस्थाबारे स्थलगत निरीक्षण पश्चात स्तरोन्नतीका लागि सबै पक्षबाट सहयोग र समन्वय गर्ने प्रतिवद्धता प्रकट भयो।