NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८

बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य तथा पोषणसम्बन्धी स्वयम् सेविका अभिमुखीकरण कार्यक्रम

बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य तथा पोषणसम्बन्धी स्वयम् सेविका अभिमुखीकरण कार्यक्रम

मिति २०८२/०६/०२ गतेका दिन जागृति बाल तथा युवा सरोकार नेपाल तथा KANALLAN Nepal को आयोजना साथै देवचुली नगरपालिकाको समन्वयमा आयोजित बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य तथा पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका किशोरकिशोरी स्वास्थ्य कार्यक्रम फोकल पर्सन तथा जनस्वास्थ्य अधिकृत सागर पराजुलीले बालबालिका तथा किशोरकिशोरी स्वास्थ्य र पोषणसम्बन्धी प्राविधिक सत्र साथै नेपाल सरकारका किशोरकिशोरी स्वास्थ्य सम्बन्धीका नीति तथा कार्यक्रमहरुबारे महिला समुदाय स्वास्थ्य स्वयंसेविकाहरुलाई (FCHVs) अभिमुखीकरण कक्षा संचालन गर्नु भएको थियो । यस कार्यक्रमले समुदायमा बालबालिका र किशोरकिशोरीहरूको स्वास्थ्य सुदृढीकरण, पोषण सुधार तथा सचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।