जापानीज इन्सेफलाइटिस (JE) रोग विरुद्धको विशेष खोप अभियान २०८२: कार्यालय प्रमुखको शुभकामना तथा सन्देश

जापानीज इन्सेफलाइटिस (JE) रोग विरुद्धको विशेष खोप अभियान २०८२: कार्यालय प्रमुखको शुभकामना तथा सन्देश

मिति २०८२ फागुन २९ देखि चैत १० सम्म (स्थानीय तह अनुसार) जिल्लामा सञ्चालन हुन लागेको जापानिज इन्सेफ्लाइटिस (JE) विरुद्धको विशेष खोप अभियान सफलतापूर्वक कार्यान्वयन गर्न सहयोग, समन्वय तथा मार्गदर्शन प्रदान गर्नुहुने परिवार कल्याण महाशाखा–स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश तथा प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

यस अभियानको योजना, समन्वय तथा कार्यान्वयनमा अग्रसर भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहहरू लाई विशेष धन्यवाद व्यक्त गर्दछु। अभियानको सफलतामा स्थानीय तहहरूको सक्रिय नेतृत्व, स्वास्थ्यकर्मी तथा समुदायको सहभागिता अत्यन्त महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दछु।

समुदायका सबै योग्य व्यक्तिहरूलाई खोप सेवा लिन तथा अरूलाई पनि खोप लगाउन प्रेरित गर्न हार्दिक अनुरोध गर्दछु।

– केशव प्रसाद चापागाईं, जनस्वास्थ्य प्रशासक (कार्यालय प्रमुख)