​​​​​​

  • जिल्लामा संक्रामक तथा असंक्रामक रोगहरूको नियमित निगरानी गर्दै जोखिमको प्रारम्भिक पहिचान गर्ने, समयमै सचेतता तथा प्रतिकार्य सुनिश्चित गर्ने, साथै EWARS (Early Warning and Response System) र SORMAS (Surveillance Outbreak Response Management and Analysis System) जस्ता डिजिटल रोग निगरानी प्रणालीको उपयोग गरी डेटा संकलन, विश्लेषण र रिपोर्टिङ सुनिश्चित गर्ने,
  • महामारी, प्रकोप वा विपदमा द्रुत प्रतिकार्य टोली परिचालन गरी नियन्त्रण र रोकथामका कार्यहरू सञ्चालन गर्ने, संबन्धित नीति, दिशा-निर्देश र राष्ट्रिय आपतकालीन स्वास्थ्य कार्यविधि अनुसार कार्यान्वयन सुनिश्चित गर्ने,

  • प्रयोगशाला सेवा समन्वय, नमूना संकलन र परीक्षण प्रक्रियालाई सुनिश्चित गर्दै रोग पहिचान र निगरानी प्रणाली सुदृढ बनाउने, साथै जनस्वास्थ्य ऐन, २०७५ र प्रचलित रोग नियन्त्रण मापदण्ड अनुसार रिपोर्टिङ र अनुगमन गर्ने,

  • समुदायमा स्वास्थ्य सचेतना, जोखिम सञ्चार र व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गरी रोगको प्रसार कम गर्न योगदान पुर्याउने, साथै स्थानीय स्वास्थ्य समिति र सरोकारवालासँग समन्वय गरी जोखिम सञ्चार र आपतकालीन तयारी सुनिश्चित गर्न