वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति गठननेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ का प्रावधानहरू तथा प्रजनन, मातृ, नवजात, बाल तथा किशोर स्वास्थ्य (RMNCAH) सम्बन्धी प्रचलित नीति, रणनीति र निर्देशिकाहरूको अनुरूप जिल्लास्तरमा प्रजनन स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय, अनुगमन तथा सुदृढीकरणका लागि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति (RHCC) गठन गरिएको छ । उक्त समितिले परिवार योजना, सुरक्षित मातृत्व, किशोरकिशोरी स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य सेवासहितका प्रजनन स्वास्थ्य सेवाहरूमा सबैको समान पहुँच तथा गुणस्तरीय सेवा सुनिश्चित गर्न सम्बन्धित सरोकारवालाहरूबीच अन्तर-क्षेत्रीय समन्वय कायम गर्ने जिम्मेवारी वहन गर्दछ । समितिको प्रमुख जिम्मेवारीहरूमा जिल्लास्तरमा प्रजनन स्वास्थ्य कार्यक्रमको योजना तर्जुमा तथा समीक्षा गर्ने, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा कमजोरीहरूको पहिचान र समाधान गर्ने, कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन गर्ने, समुदायको सहभागिता प्रवर्द्धन गर्ने तथा जिल्लामा प्रजनन स्वास्थ्य नतिजा सुधार र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि आवश्यक नीतिगत तथा कार्यक्रमगत निर्णयहरू गर्ने रहेका छन् । समिति अध्यक्ष/संयोजक सम्पर्क विवरण: श्री बाबुराम विश्वकर्मा, +९७७ ९८४७०४९१३२, dconawalpur@gmail.com सदस्य सचिव सम्पर्क विवरण: श्री केशव प्रसाद चापागाईं, +९७७ ९८५७०४७९७६, honawalpur@gmail.com समिति सम्बन्धित कार्यक्रम फोकल पर्सन सम्पर्क विवरण: श्री भूमिका निरौला, +९७७ ९८४१०७०७२८, niraula.bhumika7@gmail.com |
क. समितिको विवरण
| क्र.स. | नामथर | पद / कार्यालय | समितिमा जिम्मेवारी |
|---|---|---|---|
| १ | श्री बाबुराम विश्वकर्मा | प्रमुख, जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | अध्यक्ष |
| २ | श्री भाविश्वर पाण्डे | प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ३ | श्री .................................. | जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ४ | डा. रमेश आचार्य | मेडिकल सुपरिटेन्डेन्ट, मध्यविन्दु प्रादेशिक अस्पताल | सदस्य |
| ५ | श्री दिपेन्द्र राज श्रेष्ठ | प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ६ | श्री .................................. | जिल्ला सभापति, नेपाल रेडक्रस सोसाइटी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ७ | श्री .................................. | वडाध्यक्ष, वार्ड नं: ०२, मध्यविन्दु नगरपालिका) | सदस्य |
| ८ | श्री भूमिका निरौला | पब्लिक हेल्थ नर्स निरीक्षक, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ९ | श्री .................................. | महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV) प्रतिनिधि | सदस्य |
| १० | श्री .................................. | प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्था / साझेदार प्रतिनिधि | सदस्य |
| ११ | श्री .................................. | किशोर/किशोरी वा महिला समूह प्रतिनिधि | सदस्य |
| १२ | श्री केशव प्रसाद चापागाईं | प्रमुख, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य सचिव |
ख. समितिको बैठक तथा निर्णय
| क्र.स. | आर्थिक वर्ष | बैठक नं. | बैठक सम्पन्न मिति तथा स्थान | बैठकको उद्देश्य | बैठकको निर्णय/माइनुट | कैफियत |
|---|---|---|---|---|---|---|
| १ | ||||||
| २ | ||||||
| ३ |