वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५
जिल्ला मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य समिति गठन
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य (MPDSR) सम्बन्धी नीति, रणनीति तथा निर्देशिकाहरू तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ का प्रावधानहरूको अनुरूप जिल्लास्तरमा मातृ तथा पेरिनेटल मृत्युको समयमै पहिचान, समीक्षा, विश्लेषण तथा प्रतिकार्य सुनिश्चित गर्न जिल्ला मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य समिति (MPDSR Committee) गठन गरिएको छ । उक्त समितिले जिल्लाभित्र घटित मातृ तथा पेरिनेटल मृत्युका घटनाहरूको नियमित सूचना सङ्कलन, गोप्य समीक्षा, कारण विश्लेषण तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयनमा समन्वय गर्ने प्रमुख जिम्मेवारी वहन गर्दछ । साथै समितिले स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रणालीगत कमजोरीहरूको पहिचान तथा समाधान, सन्दर्भ प्रणाली सुदृढीकरण, समुदाय तथा सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्ने तथा भविष्यमा यस्ता मृत्यु न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा कार्यक्रमगत निर्णयहरू गर्ने कार्य गर्दछ ।
समिति अध्यक्ष/संयोजक सम्पर्क विवरण: श्री बाबुराम विश्वकर्मा, +९७७ ९८४७०४९१३२, dconawalpur@gmail.com सदस्य सचिव सम्पर्क विवरण: श्री केशव प्रसाद चापागाईं, +९७७ ९८५७०४७९७६, honawalpur@gmail.com समिति सम्बन्धित कार्यक्रम फोकल पर्सन सम्पर्क विवरण: श्री भूमिका निरौला, +९७७ ९८४१०७०७२८, niraula.bhumika7@gmail.com |
क. समितिको विवरण
| क्र.स. | नामथर | पद / कार्यालय | समितिमा जिम्मेवारी |
|---|---|---|---|
| १ | श्री …………… | प्रमुख, जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | अध्यक्ष |
| २ | श्री …………… | जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ३ | डा. …………… | मेडिकल सुपरिटेन्डेन्ट/अस्पताल प्रमुख, मध्यविन्दु प्रादेशिक अस्पताल | सदस्य |
| ४ | श्री …………… | जिल्ला सभापति/नेपाल रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष | सदस्य |
| ५ | श्री भूमिका निरौला | पब्लिक हेल्थ नर्स निरीक्षक, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य |
| ६ | श्री केशव प्रसाद चापागाईं | कार्यालय प्रमुख, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) | सदस्य सचिव |
ख. समितिको बैठक तथा निर्णय
| क्र.स. | आर्थिक वर्ष | बैठक नं. | बैठक सम्पन्न मिति तथा स्थान | बैठकको उद्देश्य | बैठकको निर्णय/माइनुट | कैफियत |
|---|---|---|---|---|---|---|
| १ | ||||||
| २ | ||||||
| ३ |